चिकित्साशास्त्र तर्फ स्नातक तहको सिट बाँडफाँड

एमबीबीएस र बीएस्सी नर्सिङमा सिट बढ्यो, बीपीएच र बी फार्मेसीमा घट्यो

काठमाडौँ, २३ बैशाख । चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०७८/७९ का लागि चिकित्साशास्त्र अन्तर्गत स्नातक तहका विभिन्न कार्यक्रमका सञ्चालनका लागि विभिन्न कलेज तथा प्रतिष्ठानका लागि सिट निर्धारण गरेको छ ।

विहीबार सार्वजनिक भएको सिट संख्या समग्रतामा हेर्दा गत जेठमा निर्धारण गरिएको अर्थात शैक्षिक सत्र २०७७/७८ का लागि निर्धारण गरिएको सिट संख्या भन्दा केही बढी देखिन्छ । यद्धपी केही महत्वपूर्ण विषयका सिटहरु कटौती भएको समेत पाइएको छ ।

कुन कुन विषयमा भयो सिट घटवढ ?
आयोगले विहीबार सार्वजनिक गरेको सूचना अनुसार एमबीबीएसमा अघिल्लो शैक्षिक सत्रमा भन्दा ६० सिट बढी थपिएको छ । गत सिजनमा १८३५ सिट एमबीबीएसका लागि तोकिएको थियो तर यसपटक १८९५ सिट तोकिएको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गत सिजनमा भन्दा १० सिट बढी थपेर ३० पुरयाइएको छ भने गत सिजनमा सून्य सिट रहेको देवदह मेडिकल कलेजलाई यसपटक ५० सिट दिईएको छ । यसले गत सिजनभन्दा ६० सिट बढी भएको हो ।

यस्तै बीएस्सी नर्सिङ विषयमा पनि गत सिजन भन्दा ३६० सिट बढी थपिएको छ । सो विषयमा गत सिजनमा ११०० तोकिएकोमा यसपटक बढाएर १४६० पुरयाइएको छ ।

तर अर्को महत्वपूर्ण विषय बीपीएच र बी फार्मेसीमा सिट संख्या घटेको छ । बीपीएचमा गत सिजनमा भन्दा ७० सिट कम भएको छ । गत सिजनमा १४२० सिट रहेको बीपीएचमा यसपटक १३५० सिट तोकिएको छ । यस्तै बी फार्मेसीमा ३२ सिट कटौती भएको छ । गत सिजनमा ९०२ सिट रहेको बी फार्मेसीमा यसपटक ८७० सिट मात्रै तोकिएको छ ।

नयाँ विषयहरु थपियो

आयोगले यसपटक नर्सिङका विभिन्न विधाहरुका लागि समेत नयाँ सिट छुट्याएको छ । नयाँ विषयको रुपमा यसपटक पेडियाट्रिक नर्सिङका लागि ४० सिट, साइक्याट्रिक नर्सिङका लागि ६ सिट, कम्युनिट नर्सिङका लागि ३४ सिट, क्रिटिकल केयर नर्सिङका लागि ४० सिट छुट्याइएको छ । यस्तै एडल्ट नर्सिङ विषयको लागि १८० सिट छुट्याएको छ ।

अरु के केमा कति सिट थपघट भयो ? हेर्नुहोस विवरण

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *