चौबिस घण्टामा थप ३२ जनामा कोरोना संक्रमण, २३ जना संक्रमणमुक्त

96
Shares

काठमाडौँ, २० वैशाख । पछिल्लो चौबिस घण्टामा देशभर थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसैगरी आज थप २३ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार १ हजार ५०४ जनाको पीसीआर नमुना परीक्षण गर्दा २९ जना र १ हजार ५९० जनाको एन्टीजेन बिधिबाट नमुना परीक्षण गर्दा ३ जनामा संक्रमण पुष्टी भएको हो ।

देशभर सक्रिय संक्रमितको संख्या २१७ रहेको छ । जसमध्ये होम आइसोलेसनमा २१६ र संस्थागत आइसोलेसनमा १ जना रहेका छन् ।

त्यसैगरी शून्य सक्रिय संक्रमित रहेका जिल्ला ३१ वटा रहेका छन् ।आइसीयूमा १ जना संक्रमित उपचाररत रहेका छन् भने र भेन्टीलेटरमा उपचार गराउनेको संख्या भने शून्य रहेको मन्त्रालयले जनाएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *