आइतबार विदा नपाए थप विशेष सुविधा र न्यायोचित प्रोत्साहन आवश्यक : गोदान

काठमाडौँ, १९ बैशाख ।  सरकारी चिकित्सकले विना कुनै विशेष थप सुविधा र न्यायोचित प्रोत्साहन विना आईतबार ओपिडी सञ्चालन नगर्ने भएका छन् । सरकारले आगामी १ जेठ देखि शनिबार र आइतबार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

तर स्वास्थ्य मन्त्रालयले अस्पतालहरुमा ओपिडी सञ्चालन गर्ने तयारीमा लागेको छ । चिकित्सकहरुलाई आलोपालो परिचालन गरी ओपिडी सेवा निरन्तरता दिने योजनामा मन्त्रालय जुटेको छ । सरकारी चिकित्सक संघ नेपाल (गोदान)ले  शनिबार विज्ञप्ती जारी गर्दै स्वास्थ्यमा आइतबार विदा नपाउने हो भने अन्य कर्मचारीको तुलनामा ५२ दिन अधिक थप कार्यभार हुन आउने भन्दै यसको व्यवस्थापन अपरिहार्य रहेको जनाएको छ ।

त्यसैमा उसले विशेष सुविधा र न्यायोचित प्रोत्साहनको माग गरेको हो ।

हेरौँ विज्ञप्ती

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *