स्थानीय तह निर्वाचन :

यी हुन् स्थानीय तह निर्वाचनमा एमालेबाट उम्मेद्धारी दिएका २८ स्वास्थ्यकर्मी

गाउँपालिकाको अध्यक्ष देखि महानगरपालिकाको मेयर सम्म

काठमाडौँ, १७ बैशाख । आगामी ३० बैशाखमा हुन लागेको स्थानीय तह निर्वाचनमा विभिन्न दल निकट रहेका स्वास्थ्यकर्मीहरुले पनि उम्मेद्धारी दिएका छन् । कतिपय स्वास्थ्यकर्मीहरु गर्दै गरेको जागिर त्यागेर उम्मेद्धार बनेका छन, कतिपयले केही समय अघि देखि नै राजनीतिमा लागेर उम्मेद्धारी दिएका छन् ।

नेकपा एमालेले आफू निकट रहेका स्वास्थ्यकर्मीहरुलाई गाँउपालिका अध्यक्ष देखि नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकाको मेयर कै टिकट दिएर निर्वाचनका लागि उम्मेद्धार बनाएको छ ।

यसरी उम्मेद्धार बन्नेहरु केही राष्ट्रिय स्वास्थ्यकर्मी संघमा आवद्ध र पार्टीको स्वास्थ्य सम्वन्धी अन्य घटकहरुमा आवद्ध भएका स्वास्थ्यकर्मीहरु हुन् ।

राष्ट्रिय स्वास्थ्यकर्मी महासंघका उपमहासचिव हिमालय तिवारीले यसपटकको स्थानीय निर्वाचनमा स्वास्थ्यकर्मीको प्रतिनिधित्व निकै उत्साहजनक देखिएको बताए । उनले आफ्नो संगठनसग विगत तथा वर्तमानमा जोडिएका २८ जना स्वास्थ्यकर्मीले एमालेको तर्फबाट गाउँपालिकाको वडा सदस्य देखि महानगरको मेयर पदसम्म उम्मेद्धारी दिएको बताए ।

‘यसपटक एमालेबाट पोखरा महानगरपालिकाका मेयरको उम्मेद्धार बनेका कृष्ण थापा, बुटवल उपमहानगरपालिकामा मेयरका उम्मेद्धार बनेका बाबुराम भट्टराई, रुपन्देहीकै सिद्धार्थनगर नगरपालिकाको मेयरका उम्मेद्धार डा रामप्रसाद बस्याल देखि पाल्पाको माथागढी गाउँपालिकाको अध्यक्ष बनेका यमबहादुर चिदी स्वास्थ्यकर्मीहरु हुन् । हामीलाई प्राप्त जानकारी अनुसार अहिले हाम्रो महासंघसंग जोडिएका २८ जनाले उम्मेद्धारी दिएको जानकारी आएको छ,’ उनले भने ।

यी हुन् एमालेबाट उम्मेद्धारी दिने स्वास्थ्यकर्मीहरु
१. कृष्ण थापा मेयर पदका उम्मेद्धार पोखरा महानगरपालिका
२. बाबुराम भट्टराई मेयर पदका उम्मेद्धार बुटवल उपमहानगरपालिका
३. डा रामप्रसाद बस्याल मेयर पदका उम्मेद्धार सिद्धार्थनगर नगरपालिका
४. अमर खड्का मेयर पदका उम्मेद्धार गुलेरिया नगरपालिका बर्दिया
५. यमबहादुर चिदी अध्यक्ष पदका उम्मेद्धार माथागढी गाउँपालिका पाल्पा
६. भूमिराज घर्तीमगर अध्यक्ष पदमा उम्मेद्धार निसिखोला गाउँपालिका बागलुङ
७. नरमाया कार्की उपमेयर पदका उम्मेद्धार शिव सताक्षी नगरपालिका झापा
८. डा शिखा अधिकारी उपमेयर पदका उम्मेद्धार भंगाह नगरपालिका महोत्तरी
९. पुष्पा यादव उपमेयर पदका उम्मेद्धार मनरा शिश्वा नगरपालिका महोत्तरी
१०. नन्दा धमला तुम्बेवा गाउँपालिका पाँचथर
११. विष्णुमाया लुङ्चे उपाध्यक्ष पदको उम्मेद्धार माथागढी गाउँपालिका पाल्पा
१२. मिना शर्मा तिवारी उपाध्यक्ष पदको उम्मेद्धार बिहादी गाउँपालिका पर्वत
१३. सरस्वती रावल उपाध्यक्ष पदको उम्मेद्धार मोहन्याल गाउँपालिका कैलाली
१४ . गमी गुरुङ उपाध्यक्ष पदको उम्मेद्धार क्व्होलासोथार गाउँपालिका लमजुङ
१५. प्रतिमा लामा उपाध्यक्ष पदको उम्मेद्धार गोसाईकुण्ड गाँउपालिका रसुवा
१६. दीपक थापा वडा अध्यक्ष पदका उम्मेद्धार ठाकुरबाबा नगरपालिका ६ बर्दिया
१७. कृष्णबहादुर रानाभाट वडा अध्यक्ष पदको उम्मेद्धार राईनास नगरपालिका ८ लमजुङ
१८. गंगाबहादुर खड्का वडा अध्यक्ष पदको उम्मेद्धार भेरीगंगा नगरपालिका सुर्खेत
१९. विष्णु बराल वडा अध्यक्ष पदको उम्मेद्धार तिलोत्तमा नगरपालिका रुपन्देही
२०. प्रेमकुमार लिम्बु वडा अध्यक्ष पदको उम्मेद्धार छथर जोरपाटी गाँउपालिका ५ धनकुटा
२१. तिलक मिश्र वडा अध्यक्ष पदका उम्मेद्धार मालारानी गाउँपालिका ५ अर्घाखाँची
२२. कुबेर भट्टराई वडा अध्यक्ष पदको उम्मेद्धार दमक नगरपालिका ९ झापा
२३. भरत खतिवडा वडा अध्यक्ष पदका उम्मेद्धार बुद्धशान्ति गाउँपालिका झापा
२४. राजाराम पाठक वडा अध्यक्ष पदका उम्मेद्धार नीलकण्ठ नगरपालिका १० धादिङ
२५. रामप्रमोद साह वडा अध्यक्ष पदका उम्मेद्धार लक्ष्मीनिया गाउँपालिका ४ धनुषा
२६. लोकराज भट्ट वडा अध्यक्ष पदका उम्मेद्धार गन्यापधुरा गाउँपालिका ४ डडेल्धुरा
२७. बिनाकुमारी साह महिला सदस्य पदको उम्मेद्धार दमक नगरपालिका ६ झापा
२८. पार्वती भुसाल वडा सदस्य पदको उम्मेद्धार कावासोती नगरपालिका ८ नवलपुर

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *