स्वदेशी औषधि उद्योगको प्रवर्द्धन आवश्यक : राष्ट्रपति

राष्ट्रपति भण्डारीद्धारा नेपाल फर्मा एक्स्पो २०२२ को उद्घाटन

चितवन, ९ बैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले स्वदेशी औषधि उद्योगलाई प्रर्वद्धन गर्नु पर्ने बताएकी छन् । उनले औषधि उत्पादनको क्षेत्रमा लगानी बढाउने र औषधिको गुणस्तर विश्वस्तरीय कायम गर्ने बाताबरण बनाउन समेत जोड दिएकी छन् ।

भरतपुरमा आज देखि सुरु भएको नेपाल फर्मा एक्स्पो २०२२ को उदघाटन गर्ने क्रममा राष्ट्रपति भण्डारीले औषधिको लागत घटाउन स्वदेशी कच्चा पदार्थलाई नै प्रयोग गर्न समेत सुझाव दिईन् । नेपालमा पछिल्लो समय नसर्ने रोगबाट धेरै जनता पिडीत रहेको भन्दै उनले त्यसका लागि आवश्यक गुणस्तरीय औषधिको खाँचो रहेको समेत बताईन ।

‘समग्र मानव स्वास्थ्यका लागि अनुसन्धान, भौतिक पूर्वाधार विकास, खोप तथा औषधी उत्पादनका क्षेत्रमा लगानी बढाउनुपर्ने टड्कारो आवश्कता रहेको छ’, उनले भनिन् । नसर्ने रोगको जोखिम बढिरहेकाले औषधि उत्पादनको क्षेत्रमा लगानी बढाउनुपर्ने टड्कारो आवश्यकता भएको उनको भनाइ छ ।

स्वदेशमै उत्पादन हुने औषधिको लागत घटाउन स्वदेशी कच्चा पदार्थलाई नै प्रयोग गरेर कच्चा पदार्थ आयात कम गर्न सकिने उनले बताइन् । देशभित्रै जतिसक्दो धेरै प्रकारका औषधि उत्पादन गर्न सके देशलाई औषधिको क्षेत्रमा पनि आत्मनिर्भर बनाउन सकिने उनले बताइन् । तर, औषधि उत्पादनमा गुणस्तरीयतामा भने ध्यान दिनुपर्ने उनको भनाइ छ ।

सकेसम्म धेरै किसिमका औषधी देशभित्रै उत्पादन गर्न सके संविधानले व्यवस्था गरेको नागरिकको स्वास्थ्य सम्बन्धि मौलिक अधिकार कार्यान्वयन गर्न सहज हुने उनले बताइन् । रोगको उपचार र नियन्त्रणका लागि देशहरुबीच आपसी सहयोग र सद्भाव रहनुपर्ने भन्दै उनले औषधी उत्पादनमा समेत विश्वका देशहरुबीच सहयोग अभिबृद्धि हुनुपर्ने बताइन् ।

एपोनका अध्यक्ष प्रज्वलजङ्ग पाण्डेले नेपालमा पनि औषधि उत्पादन हुन्छ र ? भन्ने अवस्थाबाट अहिले एक सय भन्दा बढी औषधि उद्योगहरु संचालित रहेको बताए ।

उनले नेपाली औषधि उद्योगलाई प्रवर्द्धन गर्नका लागि सरकारको सहयोग आवश्यक पर्नेमा जोड दिए । उनले कुल क्षमतामा ५० प्रतिशत मात्रै औषधि उत्पादन भएको बताए ।

एपोनका पूर्व अध्यक्ष दीपकप्रसाद दाहालले औषधिमा आत्मनिर्भर हुन चाहेको भन्दै त्यसका लागि राज्यका तर्फबाट गर्नुपर्ने सहयोगको फेहरिस्त प्रस्तुत गरे । उनले २०२७ सालमा रेबिजको भ्याक्सिन बनाउन थालिएक, ३६ सालमा औषधि बनाउन सुरु गरकेो भन्दै अहिले देशमा ७२ वटा औषधि उद्योगले निरन्तर रुपमा औषधि उत्पादन गरिरहेको बताए । उनले अरु ३२ कम्पनी बजारमा आउने क्रममा रहेको बताए ।

एपोनका निवर्तमान अध्यक्ष जी नारायण छेत्रीले नेपाल औषधि क्षेत्रमा आत्मनिर्भर हुनुपर्ने बताए । उनले औसधि आत्मनिर्भरको लागि धेरै लबिङ गरेको भएपनी सफल हुन नसकेको बताए । कोरोना कालमा भारतले औषधि निर्यातमा रोक लगाउँदा स्वदेशी उद्योगले नै धानेको भन्दै औषधि क्षेत्रमा आत्मनिर्भर हुनुपर्ने बताए ।

कार्यक्रममा नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीले गुणस्तरीय औसधि उत्पादनमा जोड दिनु पर्ने बताए । उनले औषधि व्यवस्था विभागले औषधि क्षेत्र सहजताका लागि काम गर्नु पर्ने बताए । नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले औषधि उद्योगमा नेपालले प्रगति गर्दै गएको बताउँदै कोरोनाले देश औषधिमा आत्मनिर्भर हुनुपर्छ भन्ने सिकाएको बताए ।

कार्यक्रममा एपोनका महासचिव विप्लव अधिकारीले सहभागीहरुलाई धन्यवाद दिदै नेपाली औषधि उद्योगको विकासका लागि सबै पक्ष जुटेर काम गर्नुपर्ने बताए ।

एक्स्पोका मिडिया संयोजक सन्तोष बरालका अनुसार आगामी तीन दिनसम्म चल्ने एक्स्पोमा १२० वटा बहुराष्ट्रिय कम्पनी र ४५ वटा नेपाली औषधि उद्योगहरूले सहभागिता जनाएको बताए । उनले एक्स्पोमा विभिन्न विषयमा टेक्निकल सेमिनार हुने जानकारी दिदै सञ्चारमाध्यमको सहजताको लागि मिडिया सेन्टरको व्यवस्था गरिएको समेत बताए ।

उनले एक्स्पोले नेपालमा उत्पादन भइरहेको औषधी उत्पादनको प्रविधी र यसमा अपनाइएका संवेदनशिलताको बारेमा जनमानसमा सचेतना दिने,नेपालको औषधी उत्पादनलाई अन्तराष्ट्रिय स्तरसम्म पुर्याउन अझ प्रविधी मैत्री र दक्षता प्रदान गर्ने बताए । बरालले औषधि प्राबिधिक र फर्मासिस्टहरुलाई अन्तराष्ट्रिय स्तरको नविन प्राविधिक ज्ञान दिने विश्वास लिएको बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *