राष्ट्रिय स्वास्थ्यकर्मी संघ महासंघमा रुपान्तरित, यस्तो बन्यो १५१ सदस्यीय नयाँ कार्य समिति

काठमाडौँ, २८ चैत । नेकपा एमाले निकट स्वास्थ्यकर्मीहरुको संगठन राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपाल महासंघमा रुपान्तरित भएको छ । गत २५ देखि २७ चैतसम्म काठमाडौँमा चलेको संघको चौथो राष्ट्रिय महाधिवेशनले विधान संसोधन गरी संघलाई महासंघमा रुपान्तरण गरेको हो ।

महाधिवेशनले डा झलक गौतमको अध्यक्षतामा १५१ सदस्यीय नयाँ कार्यसमिति समेत निर्वाचित गरेको छ । जसमा चार जना उपाध्यक्ष, एक महासचिव, दुई जना उपमहासचिव, आठ जना सहसचिव, एक कोषाध्यक्ष सहित १७ जना पदाधिकारी रहेका छन् ।

त्यसो त एमालेले दशौँ महाधिवेशन हुनु अघि नै यो संघलाई पार्टीको जनवर्गीय संगठनको मान्यता दिएको थियो । त्यसबेला अन्तरपार्टी निर्देशनको बुँदा नं ७ र १३ ले राष्ट्रिय स्वास्थ्य संघलाई पार्टीको जनवर्गीय संगठनको मान्यता दिएको हो ।

महासंघका नव निर्वाचित अध्यक्ष डा झलक गौतमले संगठनमा विषयगत घटहरुको उपस्थिति बढदो क्रममा भएसंंगै संघको विधान संसोधन गरी महासंघमा रुपान्तरित गरेको बताए । ‘पहिले पनि केही विषयगत समिति त थिए । तर अहिले धेरै विषयगत घटकहरु हामीसंग आएका छन् र आउने क्रममा छन् । त्यसैकारण हामीले यसलाई अलि व्यापक रुपमा फैलाउन महासंघमा रुपान्तरण गर्ने निर्णय गरेका हौँ,’ उनले भने ।

अहिले चिकित्सक, नर्स, फार्मेसी, पव्लिक हेल्थ, प्रयोगशाला, आयुर्वेद, बैकल्पिक लगायतका विषयगत घटकहरु महासंघमा आवद्ध भएको समेत उनले जानकारी दिए ।

महासंघको १५१ केन्द्रीय समितिमा को को परे ?

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *