यसरी भयो स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको आठौँ शिखर सम्मेलन उद्घाटन (तस्बिरहरु)

1.1k
Shares

काठमाडौँ, २८ चैत । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को आयोजनामा हिजो देखि शुरु भएको स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको आठौँ शिखर सम्मेलनको औपचारिक उदघाटन भएको छ ।

बागमती प्रदेशका मुख्य मन्त्री राजेन्द्र पाण्डेले एक समारोहका बीच आज सम्मेलनको उदघाटन गरेका हुन् । सो अवसरमा परिषदका सदस्यसचिव डा प्रदीप ज्ञवालीले सम्मेलनको आवश्यकता र महत्वको बारेमा चर्चा गरेका थिए ।

उनले प्रधानमन्त्री शेरबहादुर देउवाले पठाएको शुभकामना सन्देश समेत पढेर सुनाएका थिए । कार्यक्रममा मुख्य बक्ताको रुपमा विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा टेडरोस अधानाम गेब्रएससले आफ्नो धारणा राखेका थिए ।

भरचुअल रुपमा सम्वोधन गरेका उनले कोभिड १९ को महामारीमा बेला नेपालको स्वास्थ्य क्षेत्रले देखाएको क्रियाशिलता उदाहरणीय भएको बताए । उनले नेपालको स्वास्थ्य अनुसन्धानको क्षेत्रलाई थप प्रभावकारी बनाउन सम्मेलन सहयोगी बनोस भन्दै शुभकामना समेत व्यक्त गरे ।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *