६२ औँ चिकित्सक लाइसेन्स परीक्षा १२ देखि १४ जेठमा हुने

308
Shares

काठमाडौं, २८ चैत । नेपाल मेडिकल काउन्सिलले आगामी १२ देखि १४ जेठमा गर्न लागेको ६२ औँ चिकित्सा दर्ता प्रमाणपत्र परीक्षा (लाइसेन्स) परीक्षाका मंगलबार देखि फारम खुल्ला गर्ने भएको छ ।

काउन्सिलले सूचना जारी गर्दै २८ बेशाखसम्म नियमित र २९ र ३० बैशाखमा विलम्ब शुल्क सहित फारम भर्न सकिने जनाएको छ । उसले अनलाइन फारम भर्ने र बुझाउने व्यवस्था चौविसै घण्टा खुल्ला रहेको समेत जनाएको छ ।

काउन्सिलले लाइसेन्स परीक्षा पुल्चोकस्थित इन्जिनियरिङ, अध्ययन संस्थानमा कम्प्युटर प्रविधिबाट हुने जनाएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *