६२ औँ चिकित्सक लाइसेन्स परीक्षा १२ देखि १४ जेठमा हुने
काठमाडौं, २८ चैत । नेपाल मेडिकल काउन्सिलले आगामी १२ देखि १४ जेठमा गर्न लागेको ६२ औँ चिकित्सा दर्ता प्रमाणपत्र परीक्षा (लाइसेन्स) परीक्षाका मंगलबार देखि फारम खुल्ला गर्ने भएको छ ।
काउन्सिलले सूचना जारी गर्दै २८ बेशाखसम्म नियमित र २९ र ३० बैशाखमा विलम्ब शुल्क सहित फारम भर्न सकिने जनाएको छ । उसले अनलाइन फारम भर्ने र बुझाउने व्यवस्था चौविसै घण्टा खुल्ला रहेको समेत जनाएको छ ।
काउन्सिलले लाइसेन्स परीक्षा पुल्चोकस्थित इन्जिनियरिङ, अध्ययन संस्थानमा कम्प्युटर प्रविधिबाट हुने जनाएको छ ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]