भारतमा १ हजार नयाँ संक्रमित भेटिए, २९ को मृत्यु

नयाँ दिल्ली, २७ चैत । भारतमा पछिल्लो चौबिस घण्टाभित्र कोरोना भाइरसका १ हजार ५४ संक्रमित फेला परेका छन् । यही अवधीमा कोरोनाका १ हजार २५८ जना निको भएका छन् ।
भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार थप २९ जना कोरोना संक्रमितको मृत्यु पनि भएको छ । कोरोना भाइरसबाट अहिलेसम्म मृत्यु भएकाहरूको संख्या भने ५ लाख २१ हजार ६८५ पुगेको छ ।
पछिल्लो समय दैनिक सङ्क्रमित र सक्रिय संक्रमितहरूको संख्या घट्दै गइरहेको तथ्याङ्कले देखाएको छ ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



