सहमतिमै बनाइयो राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपालको नयाँ कार्यसमिति, अध्यक्षमा डा. गौतम र महासचिवमा डा. पौडेल

काठमाडौँ, २७ चैत । नेकपा एमालेको कान्छो जनवर्गीय संगठन राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपालको नेतृत्व अब डा झलक गौतमले गर्ने भएका छन् ।

गत शुक्रबार देखि काठमाडौँको कमलादीमा जारी संघको चौथो राष्ट्रिय महाधिवेशनले डा गौतमको अध्यक्षतामा १५१ सदस्यीय नयाँ कार्यसमिति चयन गर्ने भएको हो । यद्धपी यसको औपचारिक घोषणा भने भइसकेको छैन् ।

पार्टीको निर्देशन चुनाव नगरी सहमतिबाटै नयाँ कार्यसमिति बनाउनु भन्ने थियो । सोही अनुसार पहिले देखि नै होमवर्क भइरहेको थियो । आकांक्षीहरुलाई राखेर शुक्रबार र शनिबार दिनरात गरेको छलफलबाट नयाँ कार्यसमितिको पदाधिकारी र सदस्यहरुको सूची तयार गरिएको छ । अब साथीहरुले सोही अनुसार उम्मेद्धारी दिने र निर्वाचन मण्डलले आफ्नो प्रक्रिया पुरा गरी सर्वसम्मत रुपमा घोषणा कार्यक्रम छ । निर्वाचन मण्डलका एक जना सदस्यले भने ।

सहमति अनुसार चार उपाध्यक्षमा रामहरि ढकाल, शारदा खनाल, जगत नेपाली र भिमराज सिंह रहनेछन् । संघको अर्को मुख्य मानिने महासचिव पदमा डा सन्तोष पौडेललाई निश्चित गरिएको छ ।

१७ सदस्यीय पदाधिकारीहरुमध्ये २ उपमहासचिव पदमा हिमालय तिवारी र अमृता बराललाई तोकिएको छ । यस्तै कोषाध्यक्षमा अञ्जु बस्नेतलाई जिम्मेवारी दिने तयारी भएको छ ।

८ सदस्यीय सचिव पदमा प्रदेश नं १ बाट रामचन्द्र मिश्र, मधेश प्रदेशबाट डा धर्मेन्द्र यादव, बागमती प्रदेशबाट नारायण पौडेल, गण्डकी प्रदेशबाट लक्ष्मण बसौला, लुम्बिनीबाट खगराज पोखरेल, कर्णालीबाट सुशील शाही, सुदुरपश्चिमबाट सिद्धप्रसाद ढुंगाना र उपत्यका प्रदेशबाट रुपा केसीको नाम तय गरिएको छ ।

यस्तै निवर्तमान अध्यक्ष रामबहादुर चन्दलाई सल्लाहाकार समितिको अध्यक्ष बनाइएको छ । यस्तै लेखा आयोगको अध्यक्षको जिम्मेवारी त्रिलोक गुरुङ्गलाई दिईने भएको छ । यसैगरी सदस्य पदका लागि पनि नाम तय गरिसकिएको बताइएको छ ।

कुल १५१ सदस्यीय नयाँ कार्यसमितिमा जसमा ५ प्रतिशत केन्द्रीय कमिटीले मनोनयन गर्ने व्यवस्था छ ।

शनिबार राती तयारी नपुगेपछि पार्टीका स्वास्थ्य विभाग प्रमुख योगेश भट्टराईले आइतबार विहान नौ बजेका लागि नयाँ कार्यसमिति घोषणा तथा सपथको कार्यक्रम राखिएको बताएका थिए । सोही अनुसार अहिले प्रज्ञाभवनमा स्वास्थ्यकर्मीहरु उपस्थित भएका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *