मोफसलका छ वटा अस्पतालमा विशेषज्ञ सेवा पुर्‍याउन त्रिपक्षीय सम्झौँता हुँदै

काठमाडौँ, २० चैत । सरकारले काठमाडौँ उपत्यका बाहिर रहेका संघीय तथा प्रदेश स्तरका अस्पतालमा विशेषज्ञ सेवा उपलव्ध गराउन त्रिपक्षीय सम्झौँता गर्ने भएको छ । विशेषज्ञ सेवा उपलव्ध गराउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन् संस्थान (आईओएम) र सेवा दिने अस्पतालबीच सम्झौँता हुन लागेको हो ।

स्वास्थ्य मन्त्रालय नीति योजना महाशाखा प्रमुख डा कृष्णप्रसाद पौडेलका अनुसार यो सम्झौँता अन्तरगर्त पहिलो चरणमा कोशी अस्पताल, नारायणी अस्पताल, भरतपुर अस्पताल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, लुम्बिनी अस्पताल र भेरी अस्पतालमा विशेषज्ञ चिकित्सक जाने छन् ।

सम्झौँता अनुसार कोशी अस्पतालमा नेफ्रो र युरोलोजीका विशेषज्ञ चिकित्सक पठाइनेछ । यस्तै नारायणीमा ‘क्रिटिकल केयर’ सम्वन्धी विशेषज्ञ चिकित्सक जाने छन् ।

भरतपुरमा ‘ग्यास्ट्रो इन्टेरोलोजिष्ट’ पठाईने छ । यस्तै गण्डकीस्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मुटुरोगको विशेषज्ञ जानेछन् । लुम्बिनीमा पनि मुटु र प्लास्टिक सर्जरीका लागि चिकित्सकहरु जाने छन् । भेरी अस्पतालमा न्युरो सेवाका विशेषज्ञहरु जानेछन् ।

‘सरकारी छात्रबृत्तिमा डीएम एमसीएच गरेकाहरुले पढी सकेपछि दुई वर्ष सरकारले खटाएको ठाँउमा जानै पर्छ । तर, विभिन्न कारणले गर्दा विशेषज्ञहरुलाई पठाउन सकिएको थिएन । अब हामीले विभिन्न विषयका विज्ञहरुलाई हामीले अस्पताल तोकिदिएका छौँ । अब जनशक्ति पठाउने काम आइओएमले गर्दछ । अस्पतालको भौतिक पूर्वाधार, उपकरण जुटाईदिने काम स्वास्थ्य मन्त्रालयले गदर््छ र स्थानीय तहमा समन्वय र व्यवस्थापन मिलाउने काम सम्वन्धित अस्पतालले गर्नेछ,’ डा. पौडेलले भने ।

मन्त्रालयले त्रिपक्षीय सम्झौँता एक दुई दिनमै गर्नै समेत बताएको छ । मोफसलमा जाने चिकित्सकहरुले दुई वर्ष सेवा दिनेछन् । तर वर्षेनी नयाँ नयाँ चिकित्सकहरु आइरहने हुनाले यो कार्यक्रम स्थायी रुपमा चल्ने मन्त्रालयले अपेक्षा गरेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *