चौबिस घण्टामा थप २२ जनामा कोरोना संक्रमण, ७५ संक्रमणमुक्त
काठमाडौँ, १८ चैत । पछिल्लो चौबिस घण्टामा देशभर थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यही अवधीमा थप ७५ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयल आज जारी गरेको बिबरण अनुसार २ हजार ५१६ पीसीआर नमुना परीक्षण गर्दा १६ जनाको र १ हजार ३१९ एन्टीजेन बिधिबाट नमुना परीक्षण गर्दा ६ गरी २२ जनाको रीपोर्ट पोजेटिभ आएको हो ।
त्यसैगरी आज कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य रहेको छ। आइसीयूमा १३ र भेन्टीलेटरमा २ जना संक्तमित उपचाररत रहेका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या १ हजार २२ रहेको मन्त्रालयले जनाएको छ ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]