वीर अस्पतालमा रगतजन्य वंशाणुगत रोगको उपचार अब नि:शुल्क

काठमाडौँ , १५ चैत । वीर अस्पतालमा सोमबार देखि रगतजन्य वंशाणुगत रोगको निशुल्क उपचार सुरु भएको छ । यो सेवा सुरु भएसंगै वीरमा सिकलसेल, हेमोफिलिया र थाइलेसेमिया रोगको निशुल्क उपचार हुनेछ ।

वीर अस्पतालका प्रमुख प्रशासकीय अधिकारी डा भुपेन्द्रकुमार बस्नेतले सम्पूर्ण रगतजन्य वंशाणुगत रोगको उपचार निशुल्क गरिएको बताए । उनले त्यसका लागि सरकारले एक करोड ५० लाख रकम विनियोजन गरेको समेत बताए ।

निशुल्क उपचार सुरु भएसंगै सोमबार सात जना विरामी भर्ना भएको समेत डा बस्नेतले जानकारी दिए । अहिले वीरमा रगतजन्य रोगको उपचारका लागि आठ बेड छुट्याइएको छ ।

अस्पतालका वंशाणुगत रोग विशेषज्ञ डा निलम ठाकुरले वर्षौ देखिएको आफ्नो सपना पुरा भएको बताईन् । उनले रगतजन्य वंशाणुगत रोग केही खर्चिलो हुने भन्दै सरकारले निशुल्क गरिदिदा सम्पूर्ण विरामीलाई ठूलो राहत पुगेको बताईन ।

अस्पतालले पुरानो सर्जिकल भवनबाट यो सेवा उपलव्ध गराएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *