दक्षिण कोरियामा दैनिक झण्डै पाँच लाख नयाँ कोरोना सङ्क्रमित

116
Shares

सोल, ९ चैत । दक्षिण कोरियामा कोरोनाभाइरसबाट दैनिक झण्डै पाँच लाख नयाँ सङ्क्रमित हुन थालेका छन् । सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा चार लाख ९० हजार ८८१ जना नयाँ सङ्क्रमित भएका हुन ।

योसँगै दक्षिण कोरियामा अहिलेसम्म कुल सङ्क्रमितहरुको सङ्ख्या एक करोड चार लाख २७ हजार २४७ पुगेको छ । कोरिया रोग नियन्त्रण तथा व्यवस्थापन निकायका अनुसार यसअघि तीन लाख ५३ हजार ९६८ नयाँ सङ्क्रमित थपिएका थिए ।

कोरोनाभाइरसको नयाँ भेरियन्टका रुपमा देखिएको ओमिक्रोन भाइरसका कारण सङ्क्रमितहरुको सङ्ख्या यसरी अत्यधिक बढेको अधिकारीहरुको भनाई छ । नयाँ सङ्क्रमित मध्ये एक लाख एक हजार १३३ जना राजधानी सोलका मात्रै रहेको अधिकारीहरुले जनाएका छन् ।

सङ्क्रमित भएका मध्ये एक हजार ८४ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । यो सङ्ख्या अघिल्लो दिनको भन्दा २० जनाले कम भएको पनि अधिकारीहरुको भनाई छ । पछिल्लो एक दिनमा कोरोनाका कारण २९१ जनाको मृत्यु भएको छ । योसँगै कुल मृतकको सङ्ख्या १३ हजार ४३२ पुगेको छ ।

सिन्ह्वा

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *