प्रदेश तहको प्रेषण केन्द्रका लागि थप २१ जना नर्स र २१ जना हेल्थ असिस्टेन्ट नियुक्त गरिदै

5.9k
Shares

काठमाडौँ, ८ चैत । सरकारले राष्ट्रिय एम्बुलेन्स निर्देशिका -२०७८ अनुसार देशभर छरिएर रहेका एम्बुलेन्सलाई एकद्धारा प्रणालीबाट परिचालन तथा समन्वय गर्नका लागि प्रदेश तहमा पनि राष्ट्रिय प्रेषण केन्द्रको शाखा विस्तार गरेको छ ।

ती प्रत्येक शाखामा पनि तीन जना हेल्थ असिस्टेन्ट र तीन जना नर्स नियुक्त गरी कार्य सञ्चालन गर्ने तयारी भएको छ ।

यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रले राष्ट्रिय प्रेषण केन्द्रका लागि भन्दै तीन जना हेल्थ असिस्टेन्ट र तीन जना नर्सका लागि सात दिनको म्याद राखेर दरखास्त आव्हान गरेको थियो ।

‘यो निर्देशिका अनुसार देशभरका एम्बुलेन्सहरुलाई एउटै नेटवर्कमा आवद्ध गर्नका लागि हामीले सातवटै प्रदेशमा पनि यस्तै प्रेषण केन्द्र खोलिसकेका छौँ । त्यहाँ पनि यहाँ जस्तै गरी तीन तीन जनाका दरले हेल्थ असिस्टेन्ट र स्टाफ नर्सलाई राखिनेछ । कुल मिलाएर प्रदेश तहमा २१ जना हेल्थ असिस्टेन्ट र २१ जना नर्स नियुक्ति हुनेछन्,’मन्त्रालयका सहप्रवक्ता एवं स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रका प्रमुख डा समिरकुमार अधिकारीले भने ।

सरकारले देशभरका एम्बुलेन्सहरुलाई जीपीएस सिस्टममा जोडेर पठाओ तथा टुटल जस्तै एपबाट खोजी गरी सहज रुपमा सेवा लिन सकिने सिस्टम विकास गर्दैछ । यो सिस्टम अब छिटै कार्यान्वयनमा आउने स्वास्थ्यका अधिकारीहरु बताउँछन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

3 thoughts on “प्रदेश तहको प्रेषण केन्द्रका लागि थप २१ जना नर्स र २१ जना हेल्थ असिस्टेन्ट नियुक्त गरिदै

Leave a Reply to Goma Rana Cancel reply

Your email address will not be published. Required fields are marked *