कालिकोटमा सरुवा रोग अस्पताल सञ्चालनमा

कालीकोट, ७ चैत । कालीकोट जिल्लाको खाडाँचक्र नगरपालिका–१ स्थित मान्ममा सरुवा रोग अस्पताल सञ्चालनमा आएको छ । सर्ने खालका रोगको उपचार गर्ने उद्देश्यले आइतबारदेखि अस्पताल सञ्चालनमा ल्याइएको हो ।

उक्त अस्पतालमा कालाजार, मलेरिया, एचआइभी/एड्स, क्षयरोग, कोभिड–१९ र सर्ने खालको श्वासप्रश्वाससम्बन्धी रोगको उपचार गरिने स्वास्थ्य सेवा कार्यालयका प्रमुख डा रत्नवीर सुनारले बताए ।

“सर्ने सबै प्रकारका रोगको उपचार सेवा यही अस्पतालबाट प्रदान गरिनेछ,” उनले भने, “जिल्लामा पहिलेदेखि सरुवा रोग अस्पतालको माग भएकामा आइतबारदेखि नियमित सञ्चालनमा आएको छ ।” अहिले १५ शय्याको अस्पताललाई भविष्यमा ५० शय्या पुर्याउने लक्ष्य रहेको छ ।
यसअघि कोभिड–१९का सङ्क्रमितलाई उपचारका लागि प्रयोगमा ल्याइएको प्रमुख डा।सुनारको भनाइ थियो ।

उक्त अस्पतालमा २१ जनशक्तिको दरबन्दीमध्ये वरिष्ठ जनरल फिजिसियन एक, मेडिकल अधिकृत एक, हाउस किपर एक, फार्मेसी सहायक एकजनालगायत कर्मचारी रहेका छन् । अस्पताल सञ्चालन आएपछि कालीकोट, जुम्ला, हुम्ला, मुगु, अछाम, दैलेख र बाजुराका सेवाग्राहीले सहज रुपमा सेवा लिन सक्ने भएका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *