नेपाल ट्रान्सप्लान्टेसन सोसाइटीमा नयाँ कार्यसमिति, अध्यक्षमा डा. ऋषिकुमार काफ्ले
काठमाडौं, ६ चैत । नेपाल ट्रान्सप्लान्टेसन सोसाइटीको अध्यक्षमा मिर्गौला रोग विशेष डा. ऋषिकुमार काफ्ले चयन भएका छन्। शनिबार भएको साधारणसभाले
उपाध्यक्षमा प्राडा दिब्या सिंह र महासचिव प्राडा प्रेमराज ज्ञवाली चयन भएका छन्।
सोसाइटीको कोषाध्यक्ष डा. मुकुन्द काफ्ले चयन भएका छन्। त्यस्तै, सहसचिवमा प्राडा सुभाष आचार्य र सह कोषाध्यक्षमा डा. अनिल श्रेष्ठ चयन भएका छन्।
सदस्यहरूमा डा. पवन चालिसे, प्राडा महेश सिग्देल, डा शैलेन्द्र श्रेष्ठ, डा छेतेन योन्जन र डा अरुण शर्मा चयन भएका छन् ।
शनिबार साधारण सभा सुरू हुनुभन्दा पहिला नेपाल ट्रान्सप्लान्टेसन सोसाइटीले मस्तिष्क मृत्युपछि गरिने अंग प्रत्यारोपणसम्बन्धी कार्यशाला गोष्ठी समेत गरेको थियो।
सम्पर्क इमेल : [email protected]