हुम्लामा विशेषज्ञ सेवा दिन स्वास्थ्य मन्त्रालय र कर्णाली प्रतिष्ठानबीच सम्झौँता

काठमाडौँ, ४ चैत ।  हुम्ला जिल्ला अस्पतालमा विशेषज्ञ सेवा निरन्तर उपलव्ध गराउने योजनाका साथ स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच एक सम्झौँता पत्रमा हस्ताक्षर भएको छ ।

शुक्रबार आयोजित कार्यक्रममा मन्त्रालयका तर्फबाट प्रमुख विशेषज्ञ डा गुणराज लोहनी र प्रतिष्ठानका तर्फबाट उपकुलपति डा मंगल रावलले विशेषज्ञ सेवा निरन्तरता सम्वन्धी सम्झौँता पत्रमा हस्ताक्षर गरेका छन् ।

‘खासमा मन्त्रालयले सबै मेडिकल कलेज र प्रतिष्ठानहरुलाई एउटा एउटा जिल्ला अस्पताल जिम्मा लगाएका छन् । त्यहि अन्तर्गत हाम्रो प्रतिष्ठानले हुम्ला जिल्ला पाएको हो र आज त्यस सम्वन्धी सम्झौँता पत्रमा हस्ताक्षर गरेको हो,’ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार नृपेन्द्र महतले भने ।

उनका अनुसार अब कर्णालीबाट हुम्लामा एक जना जनरल सर्जन, एक जना एनेस्थेसियोलोजिष्ट र एक जना गाइनोकोलोजिष्ट गरी तीन तीन जना विशेषज्ञ डाक्टर गएर सेवा दिनेछन् । सम्झौँतामा सेवा दिएवापतको तलव भत्ताको काम मन्त्रालयले सोधभर्ना गर्नेछ । जनशक्ति कर्णालीले उपलव्ध गराउनेछ । गासबासको प्रवन्ध जिल्ला अस्पतालले गर्नेछ ।

महतले अब बैशाखको पहिलो साताबाट सम्झौँता अनुसारको काम शुरु हुने बताए । उनले यो सम्झौँता कम्तिमा एक वर्ष कायम रहने बताए ।

त्यसो त कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले कर्णालीका १० जिल्ला र सुदूरपश्चिममा तीन जिल्लामा यसअघि देखि नै आलोपालो गरी छोटो अवधीका लागि विशेषज्ञ सेवा दिदै आईरहेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *