बैतडीमा कोरोना संक्रमण शून्य

बैतडी, ४ चैत । जिल्लामा कोरोनाका संक्रमित शून्य भएको छ। स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टका अनुसार जिल्लाका १० वटै स्थानीय तहमा कोरोनाका बिरामी छैनन् ।

जिल्लामा कोरोनाका सक्रिय संक्रमित शून्य भएसँगै जनजीवन पनि सहज बनेको उनले बताए। उनले भने, “सक्रिय संक्रमित शून्य भएपछि जनजीवन सहज भएको छ, संक्रमणको जोखिम अझै हुनसक्ने भएकाले स्वास्थ्यका मापदण्ड भने पालना गर्नुपर्छ ।”

जिल्लामा कोरोना संक्रमणबाट हालसम्म १८ को मृत्यु भइसकेको छ। जिल्लाका हरेक स्थानीय तहमा हाल कोरोनाविरुद्धको खोप अभियान जारी रहेकाले खोप लगाउन छुटेका सबैलाई खोप लगाउन आग्रह गरिएको छ। सीमानाका झुलाघाट स्वदेश भित्रिनेहरूको नियमित कोरोना परीक्षण भइरहेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *