प्राडा प्रेमराज ज्ञवाली आईओएमको सहायक डीनमा नियुक्त
काठमाडौँ, १ चैत । त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम)को सहायक डीनमा प्राडा प्रेमराज ज्ञवाली नियुक्त भएका छन्। त्रिवि कार्यकारी परिषदको गत २७ फागुनमा बसेको बैठकले १ चैत देखि लागू हुने गरी डीनमा नियुक्त गर्ने निर्णय गरेको हो ।
प्राडा ज्ञवालीलाई दिइएको नियुक्ति पत्रमा त्रिभुवन विश्वविद्यालय सङगठन तथा शैक्षिक प्रशासन सम्बन्धी नियम, २०५० को परिच्छेद ५१ को नियम १८२ (२) र (३) बमोजिम त्रिवि कार्यकारी बैठकले नियुक्ति गर्ने निर्णय गरेको उल्लेख छ ।
प्राडा ज्ञवालीले यसअघि शहीद धर्मभक्त राष्टिय प्रत्यारोपण केन्द्रको कार्यकारी निर्देशकको रुपमा करीव एक वर्ष विताएका थिए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



