प्राडा प्रेमराज ज्ञवाली आईओएमको सहायक डीनमा नियुक्त
काठमाडौँ, १ चैत । त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम)को सहायक डीनमा प्राडा प्रेमराज ज्ञवाली नियुक्त भएका छन्। त्रिवि कार्यकारी परिषदको गत २७ फागुनमा बसेको बैठकले १ चैत देखि लागू हुने गरी डीनमा नियुक्त गर्ने निर्णय गरेको हो ।
प्राडा ज्ञवालीलाई दिइएको नियुक्ति पत्रमा त्रिभुवन विश्वविद्यालय सङगठन तथा शैक्षिक प्रशासन सम्बन्धी नियम, २०५० को परिच्छेद ५१ को नियम १८२ (२) र (३) बमोजिम त्रिवि कार्यकारी बैठकले नियुक्ति गर्ने निर्णय गरेको उल्लेख छ ।
प्राडा ज्ञवालीले यसअघि शहीद धर्मभक्त राष्टिय प्रत्यारोपण केन्द्रको कार्यकारी निर्देशकको रुपमा करीव एक वर्ष विताएका थिए ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]