बानेश्वरको वेष्ट डेन्टल केयर इम्प्लान्ट सेन्टरले कोटेश्वरको महादेवस्थानबाट पनि सेवा दिदै

काठमाडौं, ३० फागुन । नयाँ बानेश्वरमा रहेको वेष्ट डेन्टल केयर एण्ड इम्प्लान्ट सेन्टरले मुख तथा दन्त स्वास्थ्य सेवा अब कोटेश्वरको महादेवस्थान सहयोगीनगरबाट पनि दिने भएको छ । उक्त सेन्टरले अभ्या डेन्टल हाउसको नाममा सोमबार देखि महादेवस्थानमा नयाँ शाखा खोली सेवा विस्तार गरेको हो ।

अभ्या डैन्टल हाउसको उद्घाटन गर्न नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगा उप्रेती पुगेका थिए । उनले एक कार्यक्रमका बीच रेबन काटेर सेवा शुभारम्भ गरेका छन् । सो अवसरमा उनले दन्त सम्बन्धि राम्रो उपचारका गर्न सफल होस भन्दै शुभकामना समेत व्यक्त गरेका छन् ।

कार्यक्रममा कामनपा ३२ कोटेश्वरका वडा सदस्य हिरा देबी पोखरेल, नेपाल मेडिकल काउन्सिलका सदस्य डा. प्रेनित पोखरेल, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका डा. नवराज जोशी, लोक दोहोरी गायक नविन पौडेल र क्षीतिज नाट्य प्रतिष्ठानका केन्द्रीय सदस्य कलाकार माधव सिटौलाको सहभागिता रहेको थियो।

डेन्टल हाउसका निर्देशक डा. हरि प्रसाद ओलीले सर्वसाधारणमा पनि विस्तारै दाँत र मुखमा लाग्ने रोगप्रति सचेतना देखिएकोले नै सरकारी सँगसँगै निजी क्षेत्रमा पनि दाँत तथा मुखको उपचार गर्ने अस्पतालहरूको विस्तार भइरहको उल्लेख गरे । उनले दाँतको उपचारमा निजी क्षेत्रको उल्लेख्य भूमिका रहेको औल्याउँदै अभ्या डेन्टल हाउस मल्टिस्पेसियालिटी सेन्टरले गुणस्तरीय र ग्रामीण क्षेत्रमा पनि पुगेर आफ्नो सेवा विस्तार गर्ने बताए ।

नयाँ प्रविधि र अनुभवी तथा दक्ष डाक्टरहरूको सहकार्यमा गुणस्तरीय सेवा दिन हामी प्रतिवद्ध छौं । जुन काम हामीहरू बानेश्वरबाट पनि गरिनै रहेका छौं’ डा. ओलीले भने।

सेवा प्रारम्भ भएदेखि अभ्या डेन्टल हाउस मल्टिस्पेसियालिटी सेन्टरले एक महिना अर्थात चैत्र महिनाभरी मुख तथा दाँतको निशुल्क परीक्षण तथा अन्य उपचार सेवामा २० प्रतिशत छुटको व्यवस्था गरिएको निर्देशक डा . ओलीले जानकारी दिए ।

दन्त रोगको सम्पूर्ण उपचार गर्न मिल्ने अत्याधुनिक उपकरणजडित अस्पतालले विशेषगरी विपन्न, अशक्त र अपाङ्गता भएका व्यक्तिलाई विषेश छुटको पनि व्यवस्था गरेको डेन्टलका प्रवन्ध निर्देशक डा. तुलसी पौडेलले बताइन्।

डेन्टलले सातै दिन विहान ९ बजेदेखि साँझ ८ बजेसम्म सेवा दिनेछ। साथै बिरामीले अस्पतालको फेसबुक पेजमार्फत, टेलिफोन सम्पर्क वा म्यासेजमार्फत सम्पर्क गरेर व्यक्तिले आफ्नो समस्या सुनाउन सकिने व्यवस्था भएको डा. पौडेलले जानकारी दिइन्। उनले डेन्टल हाउसमा आउने गरीव तथा असहायहरुको लागि विशेष छुटको पनि व्यवस्था रहेको बताइन्।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *