चौबिस घण्टामा थपिए ७७ जना कोरोना संक्रमित

80
Shares

काठमाडौँ, २७ फागुन । पछिल्लो चौबिस घण्टामा देशभर थप ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यही अवधीमा थप १८९ सय जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार ५ हजार ६०७ पीसीआर नमुना परीक्षण गर्दा ६२ र २ हजार ३७४ जनाको एन्टीजेन बिधिबाट नमुना परीक्षण गर्दा १५ गरी आज कुल ७ हजार ९८१परीक्षण हुँदा ७७ जनाको रीपोर्ट पोजेटिभ आएको हो ।

त्यसैगरी आज कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ। हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार २१२ सय रहेको छ । आइसीयूमा ३२ र भेन्टीलेटरमा ५ जना संक्रमित उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *