चौबिस घण्टामा थपिए ७७ जना कोरोना संक्रमित
काठमाडौँ, २७ फागुन । पछिल्लो चौबिस घण्टामा देशभर थप ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यही अवधीमा थप १८९ सय जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार ५ हजार ६०७ पीसीआर नमुना परीक्षण गर्दा ६२ र २ हजार ३७४ जनाको एन्टीजेन बिधिबाट नमुना परीक्षण गर्दा १५ गरी आज कुल ७ हजार ९८१परीक्षण हुँदा ७७ जनाको रीपोर्ट पोजेटिभ आएको हो ।
त्यसैगरी आज कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ। हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार २१२ सय रहेको छ । आइसीयूमा ३२ र भेन्टीलेटरमा ५ जना संक्रमित उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]