स्वास्थ्य मन्त्रालयले गर्‍यो चारवटा अस्पताल विकास समितिमा १२ जना पदाधिकारी नियुक्त

सुशील कोइराला प्रखर क्यान्सर अस्पतालका पदाधिकारी हटाएर नयाँ नियुक्त

काठमाडौँ, २४ फागुन ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चार वटा अस्पतालमा नयाँ पदाधिकारी नियुक्त गरेको छ । मन्त्रालयले दुईवटा अस्पतालमा अध्यक्षसहितका पदाधिकारी र दुईवटा अस्पतालमा रिक्त सदस्य पदमा नियुक्त गरेको हो ।

मन्त्रालय स्रोतका अनुसार स्वास्थ्य मन्त्री विरोध खतिवडाले गत १८ फागुनमा मन्त्रीस्तरीय निर्णय गर्दै भिष्मराज कार्की बिराटनगर ९ मोरङलाई तीन वर्षका लागि अस्पताल विकास समितिको अध्यक्षमा नियुक्त गरेका छन् । यस्तै सदस्यहरुमा दिपेन्द्र कुमार मेहता, देवानगञ्ज – ७ सुनसरी, रामविलास यादव, तेलुवाट्टी ९ सिराहा र लिला ढुंगेल वाग्ले बिराटनगर ५ मोरङलाई तीन वर्षका लागि नियुक्त गर्ने निर्णय गरेका हुन् ।

यस्तै मन्त्री खतिवडाले १८ फागुनमै मन्त्रीस्तरीय निर्णय गर्दै भरतपुर अस्पताल विकास समितिको सदस्य पदमा गोपालकुमार शाही बानेश्वर काठमाडौँ, प्रेमराज तिमल्सिना माडी ७ चितवनलाई नियुक्त गरेका छन् ।

यसैगरी १८ फागुनमै मन्त्री खतिवडाले नारायणी अस्पताल विकास समितिको सदस्य पदमा रमेश प्रसाद चौधरी पर्सा ५ पर्सा र रोशनी कुमारी मिर्जापुर १ पर्सालाई नियुक्त गर्ने निर्णय गरेका छन् । यि दुबैको पदावधि तीनवर्षको रहने बताइएको छ ।

सुशील कोइराला प्रखर क्यान्सर अस्पतालका पदाधिकारी हटाएर नयाँ नियुक्त

यसैबीच मन्त्री खतिवडाले नेपालगञ्जस्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालका पदाधिकारीहरुलाई हटाएर नयाँ पदाधिकारी नियुक्त गरेका छन् ।

मन्त्री खतिवडाले गत १८ फागुनमा मन्त्रीस्तरीय निर्णय गर्दै अस्पतालका अध्यक्ष भक्तबहादुर केसी, सदस्यहरु पूर्णचन्द्र पोखरेल, मोहम्मद मुविन खाँ र चरित्रा शाहलाई पदवाट हटाएका हुन् । उनीहरुलाई तत्कालिन मन्त्री भानुभक्त ढकालले ८ जेठ २०७७ मा नियुक्त गरेका थिए ।

मन्त्री खतिवडाले पुराना पदाधिकारी हटाएर गत १८ फागुनमै सो अस्पतालमा नयाँ पदाधिकारी नियुक्त गरेका छन् ।

मन्त्रालय स्रोतका अनुसार मन्त्री खतिवडाले किशोर थापा बेलभार ५ बाँकेलाई अस्पताल विकास समितिको नयाँ अध्यक्ष बनाएका छन् ।

यस्तै सदस्यहरुमा इमराज खाँ रनियापुर ३ बाँके, दीपा केसी दहयुम ५ स्याङ्जा सूर्यलाल यादव डुडुवा ५ बाँकेलाई नियुक्त गरेका छन् । यी सबैको पदावधी तीन वर्षको रहेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *