अस्पताल पसेको भालुको पाँच दिनपछि गरियो उद्धार
फुङ्लिङ, २३ फागुन । ताप्लेजुङस्थित डिभिजन वन कार्यालयले नियन्त्रणमा लिएको भालुलाई सुरक्षित वासस्थानमा छोडिएको छ ।
चितवनबाट आएको राष्ट्रिय प्रकृति संरक्षण कोषको प्राविधिक टोलीले लठ्याउने ‘बेहोस बनाउने’ सुई लगाई नियन्त्रणमा लिएको थियो । सोमबार डिभिजन वन कार्यालयको समन्वयमा भालुलाई सुरक्षित वास स्थानमा फर्काएको छ ।
गएको बिहीबार राति उक्त भालु सदरमुकाम फुङ्लिङस्थित जिल्ला अस्पतालमा प्रवेश गरेको थियो । जिल्ला अस्पतालको प्रसूति भवनमा राति साढे ११ बजेको समयमा अचानक पसेको सो भालुलाई प्रहरी र अस्पतालका कर्मचारीले प्रसूति कक्षकै एक कोठामा थुनिदिएका थिए ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]