आइभीएफ सेन्टरलाई आफूकहाँ दर्ता भएर मात्रै सेवा सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

भन्यो, 'सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र निवेदन पेश गर्नु '
276
Shares

काठमाडौँ, २२ फागुन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निसन्तान दम्पत्तीका लागि सेवा प्रदान गर्दै आईरहेका आईभीएफ सेन्टरहरुलाई आफूसंग स्विकृति लिएर मात्रै सेवा सञ्चालन गर्न निर्देशन दिएको छ ।

मन्त्रालयले शनिबार सूचना जारी गर्दै अहिलेसम्म अनुमति नलिई निसन्तान उपचार सम्वन्धी सेवा दिने टेष्ट ट्युव बेबी (आईभीएफ सेन्टर)हरुलाई १५ दिन भित्र निवेदन दिन भनेको छ ।

अहिले देशमा २३ भन्दा बढी आइभीएफ सेन्टर सञ्चालनमा छन् । तीमध्ये अहिलेसम्म दुई तीन वटाले मात्रै मन्त्रालयबाट अनुमति लिएका छन् ।

जनस्वास्थ्य सेवा नियमावली २०७७ को नियम १२ बमोजिम निजी, गैरसरकारी, सहकारी वा गैर नाफामुलक सामुदायिक स्वास्थ्य संस्था सञ्चालनका लागि सो नियमावलीको अनुसूची-९ बमोजिमका निकायबाट अनुमति लिनुपर्ने प्रावधान छ। सूचनामा भनिएको छ, ‘टेष्ट ट्युब बेबी सेन्टर सञ्चालन गर्न मन्त्रालयबाट इजाजत लिनुपर्छ।’

मन्त्रालयले अन्य निकायबाट अनुमति लिइ वा नलिइ सञ्चालनमा रहेका त्यस्ता सेन्टरहरुले सूचना प्रथमपटक प्रकाशित भएको मितिले १५ दिनभित्र मन्त्रालयमा निवेदन दिनुपर्ने उल्लेख गरेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *