‘नेपाल फर्मा एक्स्पो-२०२२’ आगामी ९ देखि ११ बैशाखसम्म चितवनमा हुने

काठमाडौँ, २० फागुन । औषधि तथा औषधिजन्य उपकरणको बृहत प्रदर्शनी ‘नेपाल फर्मा एक्स्पो – २०२२’ आगामी ९ देखि ११ बैशाखसम्म चितवनमा हुने भएको छ । नेपाल औषधि उत्पादक संघ (एपोन)ले हरेक दुई दुई वर्षमा आयोजना गर्ने यो एक्स्पो आठौ संस्करण हो ।

एक्स्पोबारे जानकारी दिन शुक्रबार काठमाडौँमा आयोजना गरिएको पत्रकार सम्मेलनमा एपोनका अध्यक्ष प्रज्वलजंग पाण्डेले कोभिड -१९ का कारण एक्स्पो यसपटक दुई महिना ढिला गरि हुन लागेको बताए ।

‘यसअघि फागुन महिनामै यो एक्पो गर्ने तयारी थियो । तर देशमा कोभिड १९ को नयाँ भेरियन्ट ओमिक्रोन देखा परेपछि बैशाखलाई सारियो,’ उनले भने ।

पाण्डेले नेपालमा भइरहेको औषधि उत्पादनको प्रविधि र यसमा अपनाइएका संवेदनशिलताको बारेमा जनमानसमा सचेतना दिने,नेपालको औषधि उत्पादनलाई अन्तराष्ट्रिय स्तरसम्म पुयाउन अझ प्रविधिमैत्री र दक्षता प्रदान गर्ने, औषधि प्राविधिक र फर्मासिस्टहरुलाई अन्तराष्ट्रिय स्तरको नविनतम प्राविधिक ज्ञान दिने एक्स्पोको उद्धेश्य रहेको बताए ।

‘नेपालमा गुणस्तरीय औषधि उत्पादन हुन्छ, औषधि उत्पादन जति पनि राष्ट्रिय उद्योगलाई छ्न् तिनको सुरक्षा तथा प्रवर्धन गर्नुपर्छ, र त्यसले जनतालाई जुनसुकैबेला सहुलियत दरमा औषधि उपलव्ध गराउन पनि मद्धत पुग्छ । एक्स्पोले यो सन्देश पनि दिन चाहन्छ,’ पत्रकार सम्मेलनमा पाण्डेले भने ।

एपोनका उपाध्यक्ष तथा ‘मिडिया कोअर्डिनेटर’ सन्तोष बरालले एक्स्पोमा राष्ट्रिय तथा बहुराष्ट्रिय गरि १६० स्टल रहने बताए । ‘औषधिको क्षेत्रमा नयाँ प्रविधिको खोज गरिरहेका विभिन्न १२० वटा बहुराष्ट्रिय कम्पनी, र ४० वटा नेपाली औषधि उद्योगहरुले समेत एक्स्पोमा भाग लिनेछन्,’ उनले भने । उनले एक्सोपमा १५ हजार बढीले अवलोकन गर्ने अनुमान रहेको बताए ।

कार्यक्रममा एपोनका निवर्तमान अध्यक्ष एवं नेपाल फर्मा एक्स्पो २०२२ का संयोजक जी नारायणबहादुर क्षेत्रीले ६० अर्व बढी लगानी भएको नेपाली औषधि उद्योगलाई प्रवद्धन तथा नयाँ नयाँ टेक्लोलोजीबारे ज्ञान तथा सिप बाढ्नका लागि एक्स्पो आयोजना गरिएको बताए । उनले एक्सोमा प्लाटिनम स्पोन्सरमा इलमेक प्याकेजिङ प्रालि, डाइमण्ड स्पोन्सरमा सनसाई फर्मा रहेको जानकारी दिए । यस्तै गोल्ड स्पोन्सरमा एनपीएम मेसिनरी, एपभिएएस प्याकेजिङ, एचभी एक्स मेसिनरी र एम्बिएन्ट टेक्नोलोजी रहेको जानकारी दिए ।

कार्यक्रममा एपोनका बरिष्ठ उपाध्यक्ष महेश प्रधान र कोषाध्यक्ष प्रभात रुङ्गाटाले पनि एक्स्पोका विविध पक्षका बारेमा जानकारी दिएका थिए ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *