नेपाल स्वास्थ्य क्षेत्र रणनीतिको नयाँ खाका कोर्दै स्वास्थ्य मन्त्रालय

काठमाडौँ, १८ फागुन । स्वास्थ्यका नीति तथा प्रणाली सुधारका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आठ वर्षे नयाँ रणनीति बनाउन थालेको छ । राष्ट्रिय स्वास्थ्य नीति २०७६ को भावना अनुरुप यस क्षेत्रलाई अघि बढाउन मन्त्रालयले नेपाल स्वास्थ्य क्षेत्र रणनीति २०२२ – २०३० अघि सारेको हो ।

यसअघि मन्त्रालयले सन् २०१५ – २०२० को पाँच वर्षे रणनीति अनुसार चलेको थियो । यस बीचमा कोभिड – १९ को महामारीका कारण करीब दुई वर्षको अन्तरालमा नयाँ रणनीति ल्याउन थालेको हो ।

‘राज्यले यसअघि नै प्रतिवद्धता जनाएको दीगो विकास लक्ष्य हासिल गर्नु पर्ने अवस्था छ । सोही अनुरुप स्वास्थ्यका इन्डिकेटरहरु तय गर्नु पर्नेछ । त्यसका लागि नयाँ रणनीति अघि सारिएको हो,’ मन्त्रालय नीति योजना महाशाखाका प्रमुख डा कृष्णप्रसाद पौडेलले भने ।

उनले अहिले मन्त्रालयका अन्तरगर्तका विभिन्न महाशाखाबाट ४८ वटा विषयबस्तुमा छलफल तथा सुझावहरु लिने काम भइरहेको र यस्तै सुझाव स्वास्थ्य सेवा विभागबाट पनि लिने बताए । डा. पौडेलले जनस्वास्थ्य विज्ञ, स्वास्थ्यका ट्रेडयुनियनका प्रतिनिधि, स्वास्थ्यका पूर्व प्रशासक, नागरिकसमाजका प्रतिनिधि तथा सञ्चारकर्मीसंग पनि सुझावहरु मागिने बताए ।

अब खासगरी स्वास्थ्यका वित्तिय जोखिम, शहरी स्वास्थ्य कार्यक्रम, स्वास्थ्य बीमा लगायतका विषयबस्तुलाई प्रभावकारी ढंगले अघि बढाउन यो रणनीति केन्द्रीत हुनसक्ने समेत उनले सुनाए । यसअघि मन्त्रालयले रणनीति बनाउन स्वास्थ्य सचिवको अध्यक्षतामा निर्देशक समिति गठन भइसकेको छ । त्यसमा प्राविधिक सहयोग विश्व स्वास्थ्य संगठन सहित दातृ निकायले गर्दै आएका छन् ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *