राष्ट्रिय स्वास्थ्यकर्मी संघको चौथो राष्ट्रिय महाधिवेशन २५ देखि २७ चैतसम्म काठमाडौंमा हुने

काठमाडौँ, १४ फागुन । नेकपा एमाले सम्वद्ध स्वास्थ्यकर्मीहरुको जनसंगठन राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपालको चौथो राष्ट्रिय महाधिवेशन आगामी २५ देखि २७ चैतसम्म काठमाडौंमा हुने भएको छ ।  शुक्रबार काठमाडौँमा सम्पन्न संघको केन्द्रीय समितिको बैठकले चौथो राष्ट्रिय महाधिवेशनका लागि मिति र स्थान तोक्ने निर्णय गरेको हो ।

बैठकले महाधिवेशन तयारीका लागि विभिन्न समिति समेत तोकेको संघका केन्द्रीय सचिव हिमालय तिवारीले बताए ।

शुक्रबारको बैठकमा पार्टी सचिव एवं स्वास्थ्य विभाग प्रमुख योगेश भट्टराई, जनसंगठन समन्वय विभाग प्रमुख एवं पूर्व स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, उपप्रमुख रचना खड्का लगायतको उपस्थिति थियो ।

विसं २०६२ जेठ २७ गते स्थापना भएको राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपालमा ३० हजार बढी स्वास्थ्यकर्मीहरु आवद्ध भएको बताइएको छ ।

हरेक तीन तीन वर्षमा महाधिवेशन हुनु पर्ने भएपनि यसअघि एमाले र माओवादीबीच भएको पार्टी एकता र त्यसपछि विकसित नयाँ राजनीतिक घटनाक्रममा कारण केही समय ढिलाई भएको सचिव तिवारीले जानकारी दिए ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *