राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. विकास लामिछाने नियुक्त

काठमाडौँ, १० फागुन । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, दाङको उपकुलपतिमा डा. विकास लामिछाने नियुक्त भएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार डा. लामिछानेलाई प्रतिष्ठानको उपकुलपतिमा नियुक्त गरेका हुन् ।

यस अघि स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरोध खतिवडाको समयोजकत्वमा गठित नाम सिफारिस समितिले ३ जनाको नाम सिफारिस गर्दा डा लामिछाने अटाएका थिएनन् । त्यसबेला डा रामेश कोइराला डा ऋषिकेश नारायण श्रेष्ठ, र नारायणविक्रम थापाको नाम सिफारिस गरिएको समितका सदस्यहरुले बताएका थिए ।

तर बिचमा सिफारिमा परेको नाममा संसोधन गर्दै प्रतिष्ठानको कुलपति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले डा. लामिछानेलाई उपकुलपतिमा नियुक्त गरेका हुन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *