स्वास्थ्य कार्यालय काठमाडौँको प्रमुखको जिम्मेवारी बसन्त अधिकारीलाई

– बसन्त अधिकारी

काठमाडौँ, ५ फागुन । स्वास्थ्य कार्यालय काठमाडौँको निमित्त प्रमुख जिम्मेवारी बसन्त अधिकारीले पाएका छन् ।

स्वास्थ्य मन्त्रालय बागमती प्रदेशले गत २७ माघमा मन्त्रीस्तरीय निर्णय गर्दै बरिष्ठ जनस्वास्थ्य प्रशासक दशौँ तहका अधिकारीलाई स्वास्थ्य कार्यालय काठमाडौँको निमित्त प्रमुखमा कामकाज गर्ने गरी पठाउने निर्णय गरेको हो ।

यसअघि स्वास्थ्य कार्यलय काठमाडौँको निमित्त प्रमुख सागर घिमिरे थिए । स्वास्थ्य मन्त्रालय हेटौडाले उनलाई धादिङको स्वास्थ्य कार्यालय प्रमुख बनाएर पठाएको छ ।

नेपाल जनस्वास्थ्य संघको अध्यक्ष समेत रहेका अधिकारीले आगामी बुधबारबाट जिम्मेवारी सम्हाल्ने बताए ।

अधिकारी यसअघि स्वास्थ्य मन्त्रालय हेटौँडाको नीति योजना महशाखा प्रमुखको रुपमा कार्यरत थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *