हिउको टोपी लगाएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान (फोटो फिचर)

जुम्ला, २१ माघ ।  जुम्ला यतिबेला हिउले ढपक्कै छोपिएको छ । विहीबार दिउसोदेखि परेको हिउले अहिले एक फिट बढी उचाई लिएको छ । बाक्लो हिउ परेपछिको चिसोले सामान्य जनजीवन कष्टकर बनेको छ । यद्धपी बाहिरबाट आएका व्यक्तिहरु भने हिउमा रमाउन थालेका छन् ।

हिजो देखि परेको हिउले यतिवेला खलंगास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पनि छोपिएको छ ।

चिकित्साशास्त्र तर्फ एमबीबीएस देखि एमडीसम्मको अध्ययन् हुने प्रतिष्ठानमा अहिले अध्ययन र अध्यापनका लागि कर्णाली बाहिरका व्यक्तिहरु आएका छन् । चारै तिर हिउले ढपक्कै छोपिएको देख्दा उनीहरु खुशी भएका छन् ।

हिउले ढपक्कै छोपिदा प्रतिष्ठान असाध्यै सुन्दर र मनमोहक देखिएको छ ।

प्रतिष्ठानलाई यसरी छोप्यो हिउले

तस्विरहरु : नेपाली हेल्थ

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *