कोभिड लकडाउनका बेला बेलायतमा हस्तमैथुन गर्ने बढे : अध्ययन्

लण्डन । कोभिडको कारण भएको पहिलो लकडाउनका बेला बेलायतीहरु के गरी दिन कटाए होला ? त्यसबेला गरिएको एउटा सर्भेले रमाइलो तथ्य बाहिर ल्याएको छ । त्यो तथ्य हो ‘हस्तमैथुन’मा बृद्धि ।

बेलायतमा पहिलो लकडाउन भएका बेला अर्थात सन् २०२० को ‘मे’महिनामा बयस्कहरुमा गरिएको हो ।

डेलीमेलका अनुसार गतवर्ष कोभिड उच्चविन्दुमा पुग्ने ताका भएको लकडाउनमा करीव एक चौथाई बयस्कहरुले हस्तमैथुन गरी रमाइलो गर्ने गरेको स्वीकारेका छन् ।

त्यस समयमा बेलायतमा कडा कानूनहरु लागू गरिएको थियो । बेलायतीहरु महामारीभरि देखिएका सबैभन्दा कठोर नियममा रहेर दिन कटाइरहेका थिए । त्यसबेला संगै नभएका पाटर्नरलाई बीचमा प्रतिवन्ध लगाइएको थियो ।

रिपोर्टका अनुसार त्यसबेला करीव २० प्रतिशतले आफूहरु पोर्नसाइट हेरेर दिन कटाउने गरेको बताएका छन् । त्यसमा पुरुषको संख्या अधिक थियो । उनीहरुले आफूहरु पट्यार लाग्दा र काम केही नहुँदा यस्तो क्रियाकलापमा लागेको बताएका छन् ।

बोर्नमाउथ र रोहेम्पटन विश्वविद्यालयका अनुसन्धानकर्ताहरुले गरेको सर्भेमा १८ देखि ३२ वर्षका ५६५ जना बयस्कहरु सहभागी थिए ।

बेलायतमा पुरुषहरुले सामान्यतया हप्तामा दुई देखि तीन पटक हस्तमैथुन गर्छन । जवकी महिलाहरुले हप्तामा एक पटक हस्तमैथुन गर्छन् ।
विज्ञहरुले पहिलो लकडाउनको बेलामा गर्भवती हुनेको संख्या बढ्न सक्ने पनि आकलन गरेका थिए तर नौ महिनाको अवधीमा नतिजा त्यस्तो देखिएन ।

सेक्स्युअल मेडिसिनमा प्रकाशित यो सर्भेले देशव्यापी लकडाउनका बेला २५.७ प्रतिशत मानिसहरुले लकडाउनका बेला धेरैपटक हस्तमैथुन गरेको रिपोर्ट फेला पारेको थियो ।

सर्भेेले भनेको छ, त्यसबेला पोर्न हेर्ने मात्र १९.५ प्रतिशतले बढेको छ भने सेक्स टोय प्रयोग गर्नेहरुमा पनि ८.५ प्रतिशतले बृद्धि भएको थियो । अनलाइनमाध्यममा गरिएको सर्भेमा सहभागी स्वयंसेवकको पहिचान भने गोप्य राखिएको थियो ।

सर्भेमा सहभागी एक तिहाई उत्तरदाताले लकडाउन अघिको तुलनामा लकडाउनको समयमा यौनकल्पनाहरु बढी हुने गरेको बताएका थिए । यस्तो यौन कल्पनाहरु बढ्यो भन्नेमा ४४ प्रतिशत पुरुष र ५५ प्रतिशत महिला थिए ।

सर्भेमा सहभागी करीव ६० प्रतिशतले लकडाउनका बेला बयस्क सामग्रीहरु हेरेको बताएका थिए । तर उनीहरुले लकडाउन अघि यस्ता सामग्री नियमित रुपमा हेरेका थिएकी थिएनन भनेर केही बताएनन् ।

पोर्न हेरेको बताउने कुलमध्ये दुईतिहाई पुरुष थिए । एक तिहाई महिला थिए ।

पोर्नसामग्री हेर्नहरुमध्ये ३८ प्रतिशतले पट्यार लाग्दो समय बिताउन पोर्न सामग्री हेर्ने गरेको बताएका थिए । यस्तै २४ प्रतिशतले खाली समय टाइमपास गर्नका लागि यस्तो सामग्रीमा जोडिएको सुनाएका थिए । मात्रै १४ प्रतिशतले यौन सम्पर्कलाई प्रतिस्थापन गर्न पोर्न हेरेको बताएका थिए ।

अनुसन्धानकर्ताहरुका अनुसार विभिन्न कारणले पोर्नोग्राफी खपत हुँदा एकान्त पोर्नग्राफी र हस्तमैथुनबीचको सम्वन्धको प्रभाव बलियो देखिएको छ ।

अर्को रोचक कुरा के पनि छ भने लकडाउनको समयमा एचआईभी र हेपाटाइटिस सहित नयाँ यौन संक्रमण भएका व्यक्तिहरुको संख्या घटेको पाइएको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *