कोरोनाले स्थगित भएको विशेषज्ञ चिकित्सकको लाइसेन्स परीक्षा २१ र २२ माघमा हुने

164
Shares

काठमाडौँ, ६ माघ । नेपाल मेडिकल काउन्सिलले गत ३० पुसमा सूचना जारी स्थगित गरेको स्नातकोत्तर तहको विशेष परीक्षा (विशेषज्ञ चिकित्सक लाइसेन्स परीक्षा) आगामी २१ र २२ माघमा गर्ने भएको छ ।

स्थगित गर्नु अघि तय गरिएको तालिका भन्दा एक साता पछि गर्ने गरी काउन्सिलले विहीबार नयाँ तालिका सार्वजनिक गरेको छ ।

कोरोनाको बढ्दो संक्रमण र आफ्ना पदाधिकारी तथा कर्मचारीमा समेत कोरोना संक्रमण देखिएको भन्दै काउन्सिलले गत १४ र १५ माघ का लागि तय गरेको परीक्षा ३० पुसमा सूचना जारी गर्दै स्थगित भएको बताएको थियो ।

विहीबार सार्वजनिक सूचना अनुसार परीक्षामा सहभागीता जनाउन चाहनेले आगामी ७ माघ शुक्रबार (भोलि)सम्म दोब्बर दस्तुर तिरेर फारम भर्न सक्ने उल्लेख छ । यसअघि आवेदन भरिसकेकाहरुले भने पुन फारम भर्न नपर्ने स्पष्ट पारिएको छ ।

परीक्षा इन्जिनियरिङ अध्ययन् संस्थान पुल्चोकमा हुने बताइएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *