कोभिड-१९ मा काम गर्ने करारका स्वास्थ्यकर्मीको अवधी तीन महिना थप हुने

2.6k
Shares

काठमाडौँ, ३० पुस । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड -१९ को रोकथाम नियन्त्रण तथा उपचारका लागि करारमा लिइएका स्वास्थ्यकर्मीको अवधी तीन महिना थप गर्ने निर्णय गरेको छ ।

मन्त्रालयले विहीबार सूचना प्रकाशित गर्दै करारमा लिइएका स्वास्थ्यकर्मीको करार अवधी माघ १ देखि थप तीन महिना लम्व्याउन भनेको छ ।

मन्त्रालयले सो कार्यका लागि स्वीकृत दरबन्दी भएको तर जनशक्ति नभएको अवस्था रहेमा तीन महिनाका लागि पदपूर्ति गर्न समेत स्वास्थ्य संस्थाहरुलाई निर्देशन दिएको छ ।

पछिल्लो समयमा कोभिड -१९ को बढ्दो संक्रमणका कारण यस्तो निर्णय लिइएको मन्त्रालयले जनाएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *