एकैदिन थप २ हजार ४४४ जनामा कोरोना संक्रमण

काठमाडौँ, २७ पुस । पछिल्लो चौबिस घण्टामा देशभर २ हजार ४ सय ४४ जना कोरोना संक्रमित थपिएका छन् । यही अवधिमा थप ३ सय १३ जना संक्रमणमुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ६ सय ४८ जनाको पीसीआर बिधीबाट परीक्षण गर्दा १ हजार ९ सय ८१ र ४ हजार ३ सय ८५ जनाको एन्टीजेन बिधिबाट परीक्षण गर्दा ४ सय ६३ जनाको जनाको पोजेटिभ आएको हो ।

जसमध्ये काठमाडौँ उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा ९ सय ८० भक्तपुरमा ८५ र ललितपुरमा २ सय २१ जना गरी उपत्यकामा १ हजार २ सय ८६ जना थपिएका छन् ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ९ हजार ५ सय २२ रहेको छन् । जसमध्ये संस्थागत आइसोलेसनमा ६ सय ५५ र होम आइसोलेसनमा ८ हजार ८ सय ६७ जना रहेका छन् । त्यस्तै आइसीयूमा ९३ जना भेन्टीलेटरमा १९ जना संक्रमति उपचाररत छन् । आज कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *