चौबिस घण्टामा थप १ हजार ४४६ जनामा कोरोना संक्रमण

काठमाडौँ, २६ पुस । पछिल्लो चौबिस घण्टामा देशभर १ हजार ४ सय ४६ जना कोरोना संक्रमित थपिएका छन् । यही अवधिमा थप २ सय ५५ जना संक्रमणमुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ९ सय ६५ जनाको पीसीआर बिधीबाट परीक्षण गर्दा १ हजार ३ सय ५७ र २ हजार ४ सय ६४ जनाको एन्टीजेन बिधिबाट परीक्षण गर्दा ८९ जनाको जनाको पोजेटिभ आएको हो ।

जसमध्ये काठमाडौँ उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा ६ सय ७५ भक्तपुरमा ६५ र ललितपुरमा १ सय ३६ जना गरी उपत्यकामा ८ सय ७६ जना थपिएका छन् ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ८ सय ५५ रहेको छन् । जसमध्ये संस्थागत आइसोलेसनमा ६ सय १० र होम आइसोलेसनमा ७ हजार २ सय ४५ जना रहेका छन् । त्यस्तै आइसीयूमा ६७ जना भेन्टीलेटरमा १६ जना संक्रमति उपचाररत छन् । आज कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *