एकैदिन थप १ हजार १६७ जनामा कोरोना संक्रमण

384
Shares

काठमाडौँ, २५ पुस । पछिल्लो चौबिस घण्टामा देशभर १ हजार १६७ जना कोरोना संक्रमित थपिएका छन् । यही अवधिमा थप २२४ जना संक्रमणमुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ८४८ जनाको पीसीआर बिधीबाट परीक्षण गर्दा ८४१ र ३ हजार ७८४ जनाको एन्टीजेन बिधिबाट परीक्षण गर्दा ३२६ जनाको जनाको पोजेटिभ आएको हो ।

जसमध्ये काठमाडौँ उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा ४९१ भक्तपुरमा २५ र ललितपुरमा ९९ जना गरी उपत्यकामा ६१५ जना थपिएका छन् ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ६ हजार ७५५ रहेको छन् । जसमध्ये संस्थागत आइसोलेसनमा ६२८ र होम आइसोलेसनमा ६ हजार १२७ जना रहेका छन् । त्यस्तै आइसीयूमा ७७ जना भेन्टीलेटरमा १६ जना संक्रमति उपचाररत छन् । आज कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *