चौबिस घण्टामा थप ९४४ जनामा कोरोना संक्रमण, २९७ जना संक्रमणमुक्त

काठमाडौँ, २४ पुस । पछिल्लो चौबिस घण्टामा देशभर ९४४ जना कोरोना संक्रमित थपिएका छन् । यही अवधिमा थप २९७ जना संक्रमणमुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार ९ हजार ७६२ जनाको पीसीआर बिधीबाट परीक्षण गर्दा ६९६ र ३ हजार ५०२ जनाको एन्टीजेन बिधिबाट परीक्षण गर्दा २४८ जनाको जनाको पोजेटिभ आएको हो ।

जसमध्ये काठमाडौँ उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा ३६२ भक्तपुरमा २५ र ललितपुरमा ९४ जना गरी उपत्यकामा ४८१ जना थपिएका छन् ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ६ हजार १४० रहेको छन् । आइसीयूमा ८१ जना भेन्टीलेटरमा १४ जना संक्रमति उपचाररत छन् । आज कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य रहेको मन्त्रालयले जनाएको छ ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *