एकैदिन थपिए ९६८ जना कोरोना संक्रमित, २६२ जना डिस्चार्ज

284
Shares

काठमाडौँ, २३ पुस । पछिल्लो चौबिस घण्टामा देशभर ९६८ जना कोरोना संक्रमित थपिएका छन् । यही अवधिमा थप २६२ जना संक्रमणमुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार ८ हजार २७२ जनाको पीसीआर बिधीबाट परीक्षण गर्दा ५७२ र ६ हजार ६९९ जनाको एन्टीजेन बिधिबाट परीक्षण गर्दा ३९६ जनाको जनाको पोजेटिभ आएको हो ।

जसमध्ये काठमाडौँ उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा २८४ भक्तपुरमा २३ र ललितपुरमा ६२ जना गरी उपत्यकामा ३६९ जना थपिएका छन् ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ७४१ रहेको छन् । आइसीयूमा ८१ जना भेन्टीलेटरमा १५ जना संक्रमति उपचाररत रहेको मन्त्रालयले जनाएको छ । आज कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य रहेको छ ।

त्यसैगरी आज थप २ लाख ६३ हजार ३७१ जनाले कोरोना बिरुद्धको खोप लगाएका छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *