डा. भुपेन्द्रकुमार बस्नेत एघारौँ तहमा बढुवा

काठमाडौं, २३ पुस । कोभिड -१९ युनिफाइड केन्द्रीय अस्पताल(वीर) को निमित्त प्रशासकीय अधिकारी समेत रहेका प्राडा भुपेन्द्रकुमार बस्नेत एघारौँ तहमा बढुवा भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको २१ पुसमा बसेको बढुवा समितिको बैठकले डा बस्नेतलाई एघारौँ तहमा बढुवाका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।

मेडिसिन समूह ग्यास्ट्रो इन्टेरोलोजी उपसमूह अन्तरगर्त उनलाई प्रमुख कन्सलटेन्ट ग्यास्ट्रोइन्टेरोलोजिष्ट पदमा बढुवाका लागि सिफारिस गरेको बढुवा समितिले जारी गरेको सूचनामा उल्लेख छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *