चौबिस घण्टामा थप ४३५ जनामा कोरोना संक्रमण, २३९ जना डिस्चार्ज
काठमाडौँ, २१ पुस । पछिल्लो चौबिस घण्टामा देशभर ४३५ जना कोरोना संक्रमित थपिएका छन् । यही अवधिमा थप २३९ जना संक्रमणमुक्त भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार जारी गरेको बिबरण अनुसार ६ हजार ७१५ जनाको पीसीआर बिधीबाट परीक्षण गर्दा ३७० र ३ हजार ५५२ जनाको एन्टीजेन बिधिबाट परीक्षण गर्दा ६५ जनाको जनाको पोजेटिभ आएको हो ।
जसमध्ये काठमाडौँ उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा २०९ भक्तपुरमा १८ र ललितपुरमा ४५ जना गरी उपत्यकामा २५३ जना थपिएका छन् ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार २२५ रहेका छन् । आइसीयूमा ८४ जना भेन्टीलेटरमा १४ जना संक्रमति उपचाररत रहेको मन्त्रालयले जनाएको छ । आज संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य रहेको छ ।
त्यसैगरी आज थप २ लाख ४६ हजार ३८५ जनाले कोरोना बिरुद्धको खोप लगाएका छन् ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com