चौबिस घण्टामा थप २३५ जनामा कोरोना संक्रमण, ४ जनाको मृत्यु

काठमाडौँ, १६ पुस । पछिल्लो चौबिस घण्टामा देशभर २३५ जना कोरोना संक्रमित थपिएका छन् । यही अवधिमा थप २१२ जना संक्रमणमुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार ७ हजार ८८५ जनाको पीसीआर बिधीबाट परीक्षण गर्दा २२४ र १ हजार १९९ जनाको एन्टीजेन बिधिबाट परीक्षण गर्दा ११ जनाको जनाको पोजेटिभ आएको हो ।

जसमध्ये काठमाडौँ उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा ११४, भक्तपुरमा ८ र ललितपुरमा ३२ जना गरी उपत्यकामा १५४ जना थपिएका छन् ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ४ हजार ८७९ रहेका छन् । आइसीयूमा ८९ जना भेन्टीलेटरमा २४ जना संक्रमति उपचाररत छन् । आज थप ४ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

त्यसैगरी आज थप १ लाख ३९ हजार १५२ जनाले खोप लगाएका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *