नेपालगञ्जस्थित कर्णाली प्रदेशको मेडिकल स्टोरको क्वाटरमा निस्सासिएर चार जनाको मृत्यु, तीन घाइते

बाँके, १५ पुस । नेपालगञ्जमा रहेको कर्णाली प्रदेशको मेडिकल स्टोरको क्वाटरमा निस्सासिएर एकै परिवारका जनाको मृत्यु भएको छ । अन्य तीन जनाको भेरी अस्पतालमा उपचार भइरहेको छ ।

कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा रविन खड्काका अनुसार मेडिकल स्टोरको क्वाटरमा बसेका कार्यालय सहयोगी धनप्रसाद भट्टराई र उनका परिवारका सदस्यहरुको मृत्यु भएको हो ।

मृत्यु हुनेमा कालीकोटको खाडाचक्र घर भएका धनप्रसाद भट्टराई, धनप्रसादकी आमा कोकिला भट्टराई, बहिनी नन्दकली र उनका तीन महीनाको छोरा इप्सन भट्टराईको मृत्यु भएको हो । धनप्रसादकी श्रीमती र एक बच्चा र एक जना आफन्तको भेरी अस्पतालमा उपचार भइरहेको छ ।

कसरी भयो घटना ?
डा खड्काका अनुसार विहान पाँच बजेतिर स्टोरको सवारी चालकले कार्यालय सहयोगीलाई धनप्रसादलाई फोन गरेका थिए । ‘स्टोरमा सञ्चालित जेनेटरमा तेल सकिएको र तेल झिक्नका लागि आउनुपरयो भनेर फोन गर्दा फोन नउठेपछि क्वाटरमा गएका रहेछन् । त्यहाँ पनि ढोका नखुलेपछि तत्काल प्रहरीलाई बोलाई ढोका फोडुदा चार जना मृत अवस्थामा र तीन जना गम्भीर अवस्थामा पाइयो,’ उनले भने ।

‘ झरी परेपछि चिसो छेक्नका लागि हिजो साँझ देखि सात जनाले एउटै कोठामा कोइला बालेर तापेको र राती निभाएर सुतेको भन्ने छ । तर पनि ढोका थुनेर सुत्दा अक्सिन अभावमा त्यो सव भएको हुनसक्छ,’ उनले अगाडी थपे ।

भेरी अस्पतालका डा प्रकाश थापाले आफूपनि भर्खरै घटनास्थलमा पुगेर फर्केको बताए । उनले घटना भेरी अस्पतालको स्टोरसंगै रहेको कर्णाली प्रदेशको मेडिकल स्टोरको क्वाटरमा भएको बताए । सात जनाले मक्कलमा कोइला बालेर सुत्दा घटना भएको बताए ।

‘मकलमा कोइला बालेर कोठा तताएको जस्तो देखियो । यसरी ढोका थुनेर सुत्दा कार्वनमोनोअक्साइडले असर गरे जस्तो लाग्यो,’ उनले घाइतेमध्ये एक जना बोल्ने अवस्थामा रहेको बताए ।

जाडो महिनामा आगो ताप्दा ध्यान यी कुरामा विशेष ध्यान दिऔँ:

👉हावा ओहोरदोहोर हुने ठाउँ वा कोठामा मात्र आगो ताप्ने, हिटर बाल्ने वा गिजर प्रयोग गरौ।
👉कोइलाजन्य स्रोतबाट सकेसम्म आगो नतापौं।
👉आगो ताप्दा वा हिटर बाल्दा कागज, कपडा जस्ता छिटो जल्ने खालका सामग्री नजिकै नराखौं।
👉आगो तापिसकेपछि त्यसलाई पूर्ण रुपमा  निभाऔ ।
👉सुत्नुअघि अनिवार्य रुपमा हिटर निभाउने गरौं।
👉गिजरको मुख्य मेसिनलाई बाथरुम बाहिर खुला ठाउँमा जडान गरौं।
👉गिजर खोलेर लामो समयसम्म बाथरुममा बस्ने नगरौं।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *