चौबिस घण्टामा थप २९३ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु

124
Shares

काठमाडौँ, ८ पुस । पछिल्लो चौबिस घण्टामा देशभर २९३ जना कोरोना संक्रमित थपिएका छन् । यही अवधिमा थप २६३ जना संक्रमणमुक्त भएका छन् । आज थप २ जना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार जारी गरेको बिबरण अनुसार ९ हजार ५१० जनाको पीसीआर बिधीबाट परीक्षण गर्दा २४१ र २ हजार ११६ जनाको एन्टीजेन बिधिबाट परीक्षण गर्दा ५२ जनाको जनाको पोजेटिभ आएको हो ।

त्यस्तै काठमाडौँ उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा एक सय एक, भक्तपुरमा १३ र ललितपुरमा ३४ जना गरी उपत्यकामा १४८ जना थपिएका छन् ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार १६१ रहेका छन् । आइसीयूमा ९६ जना भेन्टीलेटरमा २२ जना संक्रमति उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।
त्यसैगरी आज थप २ लाख ८२ हजार ६४१ जनाले कोरोना बिरुद्धको खोप लगाएका छन् ।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *