चौबिस घण्टामा थप २९३ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु
काठमाडौँ, ८ पुस । पछिल्लो चौबिस घण्टामा देशभर २९३ जना कोरोना संक्रमित थपिएका छन् । यही अवधिमा थप २६३ जना संक्रमणमुक्त भएका छन् । आज थप २ जना संक्रमितको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार जारी गरेको बिबरण अनुसार ९ हजार ५१० जनाको पीसीआर बिधीबाट परीक्षण गर्दा २४१ र २ हजार ११६ जनाको एन्टीजेन बिधिबाट परीक्षण गर्दा ५२ जनाको जनाको पोजेटिभ आएको हो ।
त्यस्तै काठमाडौँ उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा एक सय एक, भक्तपुरमा १३ र ललितपुरमा ३४ जना गरी उपत्यकामा १४८ जना थपिएका छन् ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार १६१ रहेका छन् । आइसीयूमा ९६ जना भेन्टीलेटरमा २२ जना संक्रमति उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।
त्यसैगरी आज थप २ लाख ८२ हजार ६४१ जनाले कोरोना बिरुद्धको खोप लगाएका छन् ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com