दुई साता पछि कोभिडविरुद्धको खोपको बुस्टर डोज दिने तयारीमा सरकार

काठमाडौँ, ७ पुस ।  स्वास्थ्य मन्त्री विरोध खतिवडाले सरकार बुस्टर डोजको तयारीमा रहेको बताएका छन् ।

बुधबार नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रशारण भएको कोभिड – १९ प्रेस ब्रिफिङका मन्त्री खतिवडाले विश्व स्वास्थ्य संगठनले अनुमति दिएमा आफूहरु ज्यानवरी महिनाको पहिलो साता देखि नै बुस्टर डोज सञ्चालनमा रहेको बताएका छन् ।

मन्त्री खतिवडाले भनेका छन, ‘कोभिडबाट जोगिनका लागि खोप अनिवार्य रुपमा लिनु पर्दछ । खोप देशैभरी उपलव्ध हुँदैछ । पहिलो डोज नलिएकाले पहिलो डोज लिनु होला, दोस्रो डोज नलिएकाले दोस्रो डोज लिनुहोला । आवश्यकता र डव्लुएचओको सिफारिस भएमा हामीले थप अतिरिरक्त मात्रा अर्थात बुस्टर डोज पनि चलाउने तयारी गर्दैछौँ । डव्लुएचओले अनुमति दिएमा हामीले ज्यानवरीको पहिलो साता देखि नै अतिरिक्त डोज खोप दिनेछौँ ।’

उनले बुस्टर डोज पनि पहिले कोभिडविरुद्धको फ्रन्टलाइनर र त्यसपछि बृद्धबृद्धा तथा जोखिम समूहका अन्य व्यक्तिलाई लगाउँदै ल्याउने छौँ ।

कोभिडको नयाँ भेरियन्ट देखा परेसंगै विकसित मुलुकले कोभिडविरुद्धको बुस्टर डोज लगाउने क्रमलाई तिब्रता दिएका छन् ।

नेपालमा हालसम्म २ करोड १९ लाख ८८ हजार ५ सय १६ मात्रा खोप लगाई सकिएको छ भने कम्तिमा एक मात्रा खोप प्राप्त गर्नेको संख्या १ करोड २२ लाख ५१ हजार १ सय ८३ जना र पूर्ण खोप प्राप्त गर्नेको संख्या ९७ लाख ३७ हजार ३ सय ३३ जना रहेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *