चौबिस घण्टामा थप २३६ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु

काठमाडौँ, ७ पुस । पछिल्लो चौबिस घण्टामा देशभर २३६ जना कोरोना संक्रमित थपिएका छन् । यही अवधिमा थप २७२ जना संक्रमणमुक्त भएका छन् । आज थप २ जना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार ७ हजार २३३ जनाको पीसीआर बिधीबाट परीक्षण गर्दा २१७ र ४ हजार ४३ जनाको एन्टीजेन बिधिबाट परीक्षण गर्दा १९ जनाको जनाको पोजेटिभ आएको हो ।

त्यस्तै काठमाडौँ उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा ७६, भक्तपुरमा १३ र ललितपुरमा ३५ जना गरी उपत्यकामा १२५ जना थपिएका छन् ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार १८५ रहेका छन् । आइसीयूमा ९२ जना भेन्टीलेटरमा २७ जना संक्रमति उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *